कांग्रेसको महाधिवेशन आजदेखि, खुलामञ्चमा उद्घाटन समारोह

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे आयोजना हुने भएको छ।

महाधिवेशन आयोजक समितिका अनुसार महाधिवेशनमा करिब साढे ७ हजार प्रतिनिधि सहभागी हुनेछन्। उद्घाटन समारोहका लागि खुलामञ्चमा मञ्च निर्माण तथा सहभागीहरूका लागि कुर्सी व्यवस्थापनलगायतका तयारी गरिएको छ।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत सहभागी हुने अपेक्षा गरिएको छ।

भारत, चीन, अमेरिका लगायतका मुलुकबाट विदेशी पाहुनाहरूलाई पनि उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ।

महाधिवेशनस्थलमा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ भन्ने नारा राखिएको छ। झन्डै १० वर्षपछि खुलामञ्चमा ठूलो राजनीतिक कार्यक्रम हुन लागेको हो।

महाधिवेशनले पार्टीको आगामी राजनीतिक दिशा तय गर्नुका साथै नयाँ नेतृत्व चयन गर्नेछ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin