नेपालमा २४ घण्टाभित्र सट्टेबाजी साइट र एप बन्द गर्न एनटीएलाई निर्देशन

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले नेपालमा सञ्चालित सबै सट्टेबाजी (बेटिङ) साइट तथा एप २४ घण्टाभित्र बन्द गर्न इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा भएको मन्त्रीपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० बुँदे ‘शासकीय सुधार कार्यसूची’को बुँदा ४२ अनुसार सट्टेबाजी प्लेटफर्म पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस निर्णयलाई कार्यान्वयन गर्न एनटीएलाई पत्राचार गरेको हो। एनटीएका निर्देशक मिनप्रसाद अर्यालका अनुसार, “२४ घण्टाभित्र सबै सट्टेबाजी साइट र एप प्राविधिक रूपमा बन्द गरिनेछ।”

तर, कार्यान्वयनमा केही चुनौती देखिएको छ। सूची नआएको कारण सेवा प्रदायकहरूले कुन साइट वा एप बन्द गर्ने भन्ने स्पष्टता नपाएका छन्। सुबिसुका अध्यक्ष सुधीर पराजुली का अनुसार, “कानुनले सेवा प्रदायकलाई स्वविवेक प्रयोग गर्ने अधिकार दिएको छैन। नियामकले सूची पठाएपछि मात्र ब्लक गर्ने हो।”

प्राविधिक रूपमा, वेबसाइट ब्लक गर्न सजिलो भए पनि एपहरूमा एल्गोरिदमका कारण आईपी परिवर्तन हुँदा रोक्न कठिनाइ हुन्छ। यद्यपि, निरन्तर निगरानीमा राखेर पूर्ण रूपमा ब्लक गर्न सकिन्छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin