प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा, भोटेकोशी बाढीदेखि समसामयिक विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा बसेको छ।

प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार बैठकमा भोटेकोशी बाढी, सर्वदलीय बैठक तथा त्यसमा भएका निर्णय कार्यान्वयनको अवस्था, सरकारले गठन गरेका पछिल्ला समितिहरूको कार्यसम्पादनलगायत समसामयिक विषयमा छलफल भइरहेको छ।

बैठकमा नेपाली कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक बासना थापा र सचेतक निश्कल राई सहभागी छन्।

त्यस्तै, एमालेबाट संसदीय दलकी उपनेता पद्माकुमारी अर्याल र निता घताने, नेकपाबाट प्रमेश हमाल र प्रमुख सचेतक युवराज दुलाल तथा श्रम संस्कृति पार्टीबाट ध्रुवराज राई सहभागी छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin