प्रतिनिधि सभाको बैठक सुरु, सांसदहरूको सम्बोधन जारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक असार ३१ गतेयता पहिलो पटक आज बसेको छ।

आजको बैठकमा दुईवटा कार्यसूची रहेका छन्। पहिलो कार्यसूचीअनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसपछि सभामुखले प्रतिनिधि सभाका पूर्वसदस्य तथा संविधान सभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

हाल बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले आफ्नो धारणा राख्ने क्रम जारी छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin