सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री शाहले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा पत्र बुझाएका हुन्। उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनुअघि प्रदेशसभा रोष्ट्रमबाटै पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। बजेटको विषयलाई लिएर कांग्रेस–एमाले गठबन्धनमा विवाद बढेपछि प्रदेश सरकारको बजेट पारित हुन सकेको थिएन।

बजेट पारित नहुँदा सुदूरपश्चिम प्रदेशमा अहिले बजेट शून्यताको अवस्था छ।

मुख्यमन्त्री शाहले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुलेको छ। एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin