काठमाडौं, असोज २५ । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव रहेको छ। यसको प्रभावले हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
मौसममा हुने परिवर्तनलाई ध्यानमा राख्दै सम्भावित वर्षा, चट्याङ तथा त्यसबाट हुन सक्ने जोखिमप्रति सतर्क रहन आवश्यक छ।



