नेप्से २६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार घटेर बन्द भएको छ। अघिल्ला दुई दिन बढेको बजार यस दिन भने घटेको हो। सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ।

यस दिन सेन्सेटिभ इन्डेक्स ६.३८ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१० अंकले घटेका छन् । कारोबार रकम पनि घटेको छ। आइतबार १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकको कारोबारमा ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढ्दा पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतले बढेको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै नेशनल हाइड्रोपावरको ६६ करोड रुपैयाँभन्दा बढी र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको साढे ४१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक मात्र बढेको छ भने बाँकी १२ उपसमूह घटेका छन्। बैंकिङ, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin