रसुवा बाढी : उद्धारमा सशस्त्र प्रहरीको ठूलो टोली परिचालन

१० भदौ, काठमाडौं । रसुवामा आएको बाढीपछि उद्धार तथा राहतका लागि सशस्त्र प्रहरी बलले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार बाढी प्रभावित क्षेत्रमा विभिन्न स्थानबाट सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य तीव्र पारिएको छ।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोट, संयुक्त राष्ट्रसंघ शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन बेस आदमघाट तथा नम्बर १७ गण चितवनबाट ठूलो संख्यामा सशस्त्र प्रहरी खटाइएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्राथमिकता दिँदै थप सुरक्षाकर्मीसमेत तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin