बाढी प्रभावित क्षेत्रमा हैजाविरुद्ध खोप पठाइयो

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजाविरुद्धको खोप प्रभावित जिल्लामा पठाउन थालेको छ।

मन्त्रालयले आज नुवाकोटका लागि ८० हजार ५२३ डोज (२३ बक्स) हैजाविरुद्धको खोप पठाएको जनाएको छ। खोपसँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र आठ थान फ्रिज ट्यागसमेत पठाइएको छ।

यसअघि आइतबार रसुवामा हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ। रसुवामा यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।

बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणालीमा क्षति पुगेकाले हैजा लगायत पानीजन्य रोगको जोखिम बढेको मन्त्रालयले जनाएको छ। जोखिम न्यूनीकरण तथा संक्रमण रोकथामलाई प्राथमिकता दिँदै प्रभावित क्षेत्रमा खोप अभियान सञ्चालन गर्न लागिएको हो।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin