दसैँ मनाउन काठमाडौँबाट २४ घण्टामा ५६ हजारभन्दा बढी यात्रु बाहिरिए

काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न नाका हुँदै ५६ हजार ८०९ जना यात्रु बाहिरिएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्म उक्त सङ्ख्यामा यात्रु उपत्यकाबाट बाहिरिएका हुन्।

सबैभन्दा बढी नागढुङ्गा नाकाबाट २७ हजार ६४९ र भक्तपुर नाकाबाट २० हजार ६१५ जना यात्रु बाहिरिएका छन्। त्यस्तै, फर्पिङ नाकाबाट ५ हजार ५१०, तीनपिप्लेबाट ९७२, भट्टेडाँडाबाट ८८६, साँखुबाट ६०८, भीमढुङ्गाबाट ५१३ र थानकोट नाकाबाट ५६ जना बाहिरिएका छन्।

दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै सार्वजनिक यातायात व्यवस्थापनमा चुनौती देखिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले विभिन्न राष्ट्रिय राजमार्गको बिग्रिएको अवस्थाका कारण सवारीसाधन सञ्चालन र व्यवस्थापनमा कठिनाइ भएको बताए।

उनका अनुसार असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला भएकै दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिएर यातायात अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमै रोकिएका थिए। यसले यात्रु व्यवस्थापनमा थप समस्या सिर्जना गरेको उनको भनाइ छ।

महासङ्घले यात्रुहरूलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्न आग्रह गरेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin