काठमाडौँ । सन् २०२६ को विश्वकप फुटबलका लागि सबै ४८ टोलीको छनोट टुङ्गिएको छ। डीआर कंगो र इराकले अन्तिम चरणमा जित निकाल्दै आफ्नो स्थान सुनिश्चित गरेपछि विश्वकपको तयारी पूर्ण भएको हो।
आयोजक र मिति
- देशहरू: अमेरिका, क्यानडा, मेक्सिको
- मिति: ११ जुन – १९ जुलाई २०२६
- खेल हुने सहर: १६ सहर (अमेरिका ११, मेक्सिको ३, क्यानडा २)
नयाँ नियम
- टोली संख्या ३२ बाट ४८
- खेल संख्या १०४, अवधि ३९ दिन
- समूह: १२ समूह, प्रत्येकमा ४ टोली
- नकआउट चरण: प्रत्येक समूहका शीर्ष २ टोली + उत्कृष्ट तेस्रो स्थानका ८ टोली ‘राउण्ड अफ ३२’
उद्घाटन र फाइनल
- उद्घाटन: ११ जुन, मेक्सिको vs दक्षिण अफ्रिका, एस्टाडियो एज्तेका
- फाइनल: १९ जुलाई, मेटलाइफ स्टेडियम, न्यू जर्सी, अमेरिका
मुख्य दावेदार
- स्पेन: युरोपेली च्याम्पियन, रोड्री र लामिन यमल
- इङ्ल्यान्ड: थोमस टुचेलको प्रशिक्षण
- फ्रान्स: एमबाप्पे कप्तान
- अर्जेन्टिना: मेसीसहित साविक विजेता
- ब्राजिल: ५ पटक विजेता
प्रभाव पार्न सक्ने टोली
- नर्वे, जापान, मोरक्को, इजिप्ट
पहिलो पटक विश्वकप खेल्ने देश
- कुरासाओ, केप भर्डे, उज्बेकिस्तान, जोर्डन
खेलको समय
- सबै खेल अमेरिकाको समय अनुसार हुने, नेपालमा राति १२ बजेदेखि बिहान ५ बजेसम्म प्रसारण
समूह विभाजन (मुख्य)
- समूह ‘ए’: मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक गणतन्त्र
- समूह ‘बी’: क्यानडा, बोस्निया, कतार, स्विट्जरल्याण्ड
- समूह ‘सी’: ब्राजिल, मोरक्को, हाइटी, स्कटल्याण्ड
- समूह ‘डी’: अमेरिका, पाराग्वे, अस्ट्रेलिया, टर्की
- समूह ‘एच’: स्पेन, केप भर्डे, साउदी अरब, उरुग्वे
- समूह ‘एल’: इङ्ल्यान्ड, क्रोएसिया, घाना, पानामा



