अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

भारतीय अभिनेता तथा फिल्म निर्देशक नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। बिहीबार गोवास्थित आफ्नै निवासमा हृदयघात भएपछि उनलाई अस्पताल लगिएको थियो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर दिए पनि उनलाई बचाउन नसकिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनलाई बिहान ५ः२० बजे मृत घोषणा गरिएको थियो।

सन् १९५१ मा महाराष्ट्रमा जन्मिएका पाटेकरले मराठी रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका थिए। सन् १९७८ को ‘गमन’बाट फिल्म क्षेत्रमा प्रवेश गरेका उनले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘नटसम्राट’, ‘अब तक छप्पन’, ‘वेलकम’ र ‘सलाम बम्बे’ लगायतका चर्चित फिल्ममा अभिनय गरेका थिए।

पाटेकरले तीनवटा राष्ट्रिय फिल्म पुरस्कार जितेका थिए भने सन् २०१३ मा भारतको पद्मश्री सम्मानबाट सम्मानित भएका थिए। करिब पाँच दशक लामो अभिनय यात्रामा उनले हिन्दी र मराठी दुवै फिल्म क्षेत्रमा विशिष्ट पहिचान बनाएका थिए।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित बलिउडका कलाकारहरूले दुःख व्यक्त गरेका छन्। मोदीले पाटेकरको अभिनयमा रहेको मौलिकता र प्रभावशाली उपस्थितिको प्रशंसा गर्दै उनको निधन भारतीय चलचित्र क्षेत्रका लागि ठूलो क्षति भएको बताएका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin