देशभर आजदेखि एसईई सुरु, ५ लाखभन्दा बढी परीक्षार्थी सहभागी

काठमाडौँ — नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ।

यस वर्ष एसईईमा कुल ५ लाख १२ हजार ४२१ जना परीक्षार्थी सहभागी भएका छन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिइरहेका छन्।

परीक्षामा सहभागीमध्ये छात्राको सङ्ख्या छात्रभन्दा बढी रहेको छ। यस वर्ष २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना परीक्षामा सहभागी छन्।

परीक्षा सञ्चालनका लागि देशभर १ हजार ९६६ वटा परीक्षा केन्द्र तोकिएको छ। साथै, जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जना परीक्षार्थीले एसईई दिइरहेका छन्।

यस वर्षको एसईई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सम्बन्धित निकायहरूले आवश्यक तयारी पूरा गरेको जनाइएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin