चार दिनमा २ सय २६ पक्राउ, गैरकानुनी गतिविधिविरुद्ध प्रहरीको कडा अभियान

काठमाडौँ । नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलियापन तथा अभद्र व्यवहारजस्ता गैरकानुनी गतिविधिविरुद्ध सञ्चालन गरेको विशेष अभियानमा चार दिनमै २ सय २६ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार चैत १८ देखि २१ गतेसम्म सञ्चालन गरिएको अभियानअन्तर्गत पक्राउ परेकामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार चैत १८ गते काठमाडौँ उपत्यकाबाट ५१ जना र कोशी प्रदेशबाट १८ जना पक्राउ परेका थिए। चैत १९ गते कोशीबाट एक, मधेसबाट सात, बागमतीबाट २३, गण्डकीबाट दुई र कर्णालीबाट ११ जना नियन्त्रणमा लिइएको थियो।

त्यस्तै, चैत २० गते मधेसबाट आठ, गण्डकीबाट १०, लुम्बिनीबाट चार र सुदूरपश्चिमबाट दुई जना पक्राउ परेका छन् भने चैत २१ गते काठमाडौँ उपत्यकाबाट मात्रै ६२ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा गुण्डागर्दी, बिचौलियापन, यातायात तथा मालपोत कार्यालयमा सेवाग्राहीलाई दुःख दिने, सार्वजनिकस्थलमा अभद्र व्यवहार गर्ने लगायतका क्रियाकलापमा संलग्न व्यक्तिहरू रहेका छन्।

प्रवक्ता काफ्लेले यस्तो गैरकानुनी गतिविधिविरुद्धको अभियान निरन्तर जारी रहने बताएका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin