असनमा ‘भेहिकल फ्रि’ कार्यक्रम सुरु — हरेक शनिबार सवारी प्रवेश निषेध

काठमाडौँ महानगरपालिकाले प्राचीन सहरी बस्ती असनको मौलिकता संरक्षण गर्न आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ।

कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार कःमिलाछी (कमलाक्षी) चोक–असन, भोटाहिटी चोक–असन र महाबौद्ध–असन क्षेत्र यस कार्यक्रमअन्तर्गत पर्नेछन्। हरेक शनिबार यी क्षेत्रमा सवारीसाधन प्रवेश पूर्ण रूपमा निषेध गरिनेछ।

महानगरले मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै यस्तो कार्यक्रम ल्याएको जनाएको छ। यसबाट काठमाडौंको सांस्कृतिक पहिचान जोगिने, परम्परागत जीवनशैली तथा जात्रा–पर्व पुस्तान्तरण हुँदै जाने अपेक्षा गरिएको छ।

बढ्दो सवारी चाप र भीडभाडका कारण भित्री सहरी क्षेत्रमा व्यवस्थापन चुनौती बढ्दै गएको सन्दर्भमा सांस्कृतिक मौलिकता जोगाउन यो कदम चालिएको कामपाका प्रवक्ता नवीन मानन्धरले बताए।

कार्यक्रम अवधिमा असन क्षेत्रमा सांस्कृतिक तथा सामाजिक गतिविधि, रैथाने ज्ञान–सीपको प्रदर्शनी, गायन, वादन र नृत्यका कार्यक्रम सञ्चालन गरिनेछन्। साथै परम्परागत व्यापार, धार्मिक तथा सामाजिक क्रियाकलापको संरक्षण र प्रवर्द्धनमा जोड दिइनेछ।

सवारी व्यवस्थापन

कार्यक्रम अवधिमा विभिन्न स्थानबाट असनतर्फ सवारी प्रवेश निषेध गरिनेछः

  • जमलतर्फ कःमिलाछी (कमलाक्षी) सिंहढोकाबाट
  • भोटाहिटी कलशढोकाबाट
  • वीर अस्पतालबाट महाबौद्ध स्तूपतर्फ
  • वटु गणेश तथा भोँसीस्थित गणेश मन्दिरबाट महाबौद्धतर्फ
  • इन्द्रचोक, मच्छिन्द्र बहाल, मांस गल्ली लगायत क्षेत्रबाट (मोटरसाइकलसमेत)

त्यसैगरी, ज्याठाबाट भमुलु गल्ली हुँदै कान्तिपथतर्फ जाने मार्ग पनि बन्द रहनेछ।

सवारीधनीहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ। असन आउने आगन्तुकहरूले धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाईस्कुललगायत तोकिएका स्थानमा सवारी राखी पैदल रूपमा असन प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card