चिनियाँ प्रधानमन्त्री ली छ्याङ बाढी प्रभावित क्षेत्रको राहत तथा उद्धार कार्यको निरीक्षण गर्न तिब्बत पुगेका छन्। उनले ग्यिरोङ क्षेत्रमा पुगेर खोज तथा उद्धार कार्यको अवस्थाबारे जानकारी लिने र प्रभावित क्षेत्रको निरीक्षण गर्ने चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन्।
ल्हेन्दे खोलामा आएको लेदोसहितको भीषण बाढीबाट चीनतर्फ तीन जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन्। बेपत्तामध्ये २ सय ६० जना विदेशी नागरिक रहेको जनाइएको छ।
यस्तै, चिनियाँ विदेश मन्त्रालयले नेपालतर्फको सीमा क्षेत्रमा रहेका करिब एक सय चिनियाँ नागरिक पनि सम्पर्कविहीन रहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता लिन जियानले बेपत्ता चिनियाँ नागरिकको खोजी तथा अवस्थाबारे नेपाली पक्षसँग समन्वय भइरहेको बताएका छन्।



