युरोपेली नेताहरू यात्रा गरेको रेलमार्गमा रुसी ड्रोन आक्रमण

काठमाडौं । युरोपेली नेताहरू युक्रेनबाट पोल्यान्डतर्फ रेलमार्फत फर्किएको केही समयपछि पोल्यान्ड सीमासँग नजिकै रहेको रेलमार्गमा रुसी ड्रोन आक्रमण भएको छ।

फाइनान्सियल टाइम्सका अनुसार पूर्वबेलायती प्रधानमन्त्री बोरिस जोनसन, पूर्वस्विडिस प्रधानमन्त्री कार्ल बिल्ड्टसहितका युरोपेली सुरक्षा अधिकारीहरू सोही रेलमार्ग हुँदै गएको केही समयपछि याहोदिन स्टेसनमा रहेको रेललाई ड्रोनले निशाना बनाएको हो।

आक्रमणअघि रेलमा रहेका यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालिएकाले मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन्। पूर्वसीआईए निर्देशक डेभिड पेट्रियस पनि घटनास्थल नजिकैको अर्को रेलबाट सुरक्षित रूपमा बाहिर निकालिएका थिए।

याहोदिन पोल्यान्ड सीमाबाट करिब पाँच किलोमिटर टाढा रहेको छ। जोनसन र बिल्ड्ट किभमा भएको युरोपेली तथा युक्रेनी नेताहरूको वार्षिक सम्मेलनमा सहभागी भएर पोल्यान्डतर्फ फर्किरहेका थिए।

घटनापछि पोल्यान्डले आफ्ना लडाकु विमान परिचालन गर्दै हवाई सुरक्षा उच्च सतर्कतामा राखेको छ। पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले उच्च सुरक्षा अधिकारीहरूको विशेष बैठकसमेत बोलाएका छन्।

युक्रेनी विदेशमन्त्री आन्द्रेइ सिबिहाले घटनालाई ‘पुटिनको आतंक ईयू र नेटोको ढोकासम्म आइपुगेको’ भन्दै पश्चिमी देशहरूलाई रुसमाथि थप कडा कदम चाल्न आग्रह गरेका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin