बाढीको क्षति र उद्धार अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री बालेन शाह विदुरमा

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति तथा खोज र उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले आज नुवाकोटको विदुर पुगेका छन्।

प्रधानमन्त्री शाह नेपाली सडकमार्ग हुँदै विदुर पुगेका हुन्। उनी हाल विदुर नगरपालिकास्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूसँग बाढीबाट भएको मानवीय र भौतिक क्षति तथा उद्धार कार्यको अवस्थाबारे ‘ब्रिफिङ’ लिइरहेका छन्।

छलफलमा पूर्वाधार विकास मन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगर तथा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी छन्।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, जिल्ला प्रहरी प्रमुख विपिन रेग्मीलगायतले प्रधानमन्त्री तथा अन्य सहभागीलाई बाढीबाट भएको क्षति र प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको अवस्थाबारे जानकारी गराएका छन्।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin