लोबल आईएमई बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत (CEO) सुरेन्द्र रेग्मी जेल जाने चर्चा र कानुनी दबाब बढ्दै गएपछि पीडित परिवारलाई करोडौँ रुपैयाँ बराबरको राहत प्याकेजको प्रस्ताव गरेको छ। बैंकको दमक शाखाका प्रमुख पशुपति खड्काले केही समयअघि बैंकका उच्च अधिकारीहरूलाई आगो लगाएर आत्महत्या गरेको घटनापछि बैंक यतिबेला गम्भीर संकटमा परेको छ।
के-के छन् बैंकको प्रस्तावमा?
बैंकले घटनाको क्षतिपूर्तिको रूपमा पीडित परिवारलाई विभिन्न आर्थिक सुविधाहरू दिने निर्णय गरेको हो। सम्झौताका सर्तहरू अनुसार, बैंकले खड्काले लिएको सबै होम लोन (घर कर्जा) मिनाहा गरिदिने, परिवारलाई १ करोड रुपैयाँ नगद उपलब्ध गराउने र मृतककी श्रीमतीलाई शाखा प्रमुख सरहको तलब तथा सुविधाहरुसहित बैंकमै रोजगारी दिने प्रस्ताव अघि सारेको छ।
यद्यपि, बैंकको यो कदमलाई घटना दबाउने प्रयासको रूपमा समेत हेरिएको छ। बैंकले यी आकर्षक प्रस्तावहरू अघि सारे पनि मृतकका बाबुआमाले भने उक्त सर्तहरूमा तत्काल सहमति जनाएका छैनन्। सुरेन्द्र रेग्मी लगायत उच्च अधिकारीहरू विरुद्धको कानुनी प्रक्रिया अगाडि बढिरहँदा बैंकको यो पछिल्लो राहत प्रयासले न्यायको खोजीमा रहेको परिवार र जनमानसमा कस्तो प्रभाव पार्ला, त्यो भने भविष्यले नै बताउनेछ।



