राजपाल यादवको चेक बाउन्स मुद्दामा फैसला सुरक्षित, अदालत असन्तुष्ट

बलिउड अभिनेता राजपाल यादव विरुद्धको चेक बाउन्स मुद्दामा भारतको दिल्ली उच्च अदालतले फैसला सुरक्षित राखेको छ।

बिहीबार भएको सुनुवाइमा दुवै पक्षबीच पटक–पटक सहमतिको प्रयास भए पनि निष्कर्ष ननिस्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सुनुवाइका क्रममा न्यायाधीशले राजपालको व्यवहारप्रति असन्तुष्टि जनाउँदै अदालतको समय बर्बाद भएको टिप्पणी गरेका थिए। अदालतले उनी रकम तिर्न तयार भए मुद्दा लम्ब्याउनुको औचित्य नरहेको पनि स्पष्ट पारेको छ।

सुनुवाइका क्रममा राजपाल भावुक देखिएका थिए। उनले आफू आर्थिक समस्यामा रहेको बताउँदै अदालतको निर्णय स्वीकार गर्ने बताएका छन्। तर रकम भुक्तानीबारे उनको भनाइ र उनका वकिलको दाबीबीच विरोधाभास देखिएपछि अदालत असन्तुष्ट भएको हो।

अदालतले बाँकी रकम तिर्न थप समय दिन अस्वीकार गर्दै अब ढिलाइ नगर्ने संकेत दिएको छ। ‘अब थप समय दिइने छैन’ भन्दै अदालतले फैसला सुरक्षित राखेको हो।

करिब ९ करोड भारतीय रुपैयाँको चेक बाउन्ससँग सम्बन्धित यो मुद्दामा राजपाल यसअघि जेलसमेत गइसकेका छन्।

अन्तिम निर्णय अदालतले पछि सुनाउनेछ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card