काठमाडौँ । चर्चित हास्य कलाकार सागर लम्साल (बले) सम्बन्धी घटनामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनलाई थप अनुसन्धानका लागि ५ दिनको म्याद दिँदै प्रहरीलाई अनुमति प्रदान गरेको छ।
प्रहरीका अनुसार, हालसम्म लम्सालमाथि ज’बरजस्ति कर’णी (बलात्कार) सम्बन्धी कुनै मु’द्दा दर्ता भएको छैन। प्रारम्भिक रूपमा उनीमाथि अ’भद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ। सोही आधारमा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले स्पष्ट पारेको छ।
घटनाबारे थप विवरण सङ्कलन गर्ने, पीडित पक्षसँग बयान लिने, र आवश्यक प्रमाण जुटाउने कार्य जारी रहेको छ। अनुसन्धानको क्रममा थप तथ्यहरू बाहिर आउन सक्ने भएकाले अहिले नै निष्कर्षमा पुग्न नमिल्ने प्रहरी स्रोतको भनाइ छ।
यस घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ भने समर्थक र आलोचकबीच विभिन्न प्रतिक्रिया आइरहेका छन्। सम्बन्धित निकायले भने कानुनी प्रक्रिया अनुसार निष्पक्ष अनुसन्धान भइरहेको र प्रमाणका आधारमा मात्रै अगाडि बढ्ने जनाएको छ।



