काठमाडौं — कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्। उनलाई काठमाडौंको बूढानीलकण्ठबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले जानकारी दिएका छन्।
शुक्रबार बिहान अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत सागरमाथि एक वर्षअघि बलात्कार गरेको आरोप लगाएकी थिइन्। सोही आरोपमाथि अनुसन्धान अघि बढाउन प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनापछि छायांकनरत फिल्म ‘पाँच पाण्डव’बाट पनि सागरलाई हटाइएको छ। निर्माण कम्पनी कालारानी फिल्मस् प्रालि ले विज्ञप्ति जारी गर्दै नैतिकताको आधारमा उनलाई फिल्मबाट निष्कासन गरिएको जनाएको छ।
निर्माण पक्षका अनुसार सागरका करिब ९० प्रतिशत दृश्य खिचिसकेका भए पनि अब फिल्ममा उनका कुनै पनि दृश्य समावेश गरिने छैनन्।



