रमजानको अवसरमा साउदीबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्किने

काठमाडौं — साउदी अरब सरकारले रमजान–२०२६ को अवसरमा ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। नेपाल सरकारले उक्त निर्णयको स्वागत गर्दै साउदी सरकारप्रति आभार व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार आममाफीको निर्णय नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मैत्रीपूर्ण, सद्भावपूर्ण तथा सुदृढ द्विपक्षीय सम्बन्धको प्रतीक भएको जनाएको छ।

मन्त्रालयका अनुसार रियादस्थित नेपाली दूतावासमार्फत गरिएको अनुरोधपछि साउदी सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी प्रदान गरेको हो।

आममाफी पाएका नेपाली नागरिकहरूले साउदी अरबको आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कनेछन्।

नेपाल सरकारले नेपाली नागरिकप्रति देखाएको मानवीय सद्भावका लागि साउदी सरकारप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि दुई देशबीचको सहयोग र मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin