एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं, असार २३ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षामा सहभागी १ लाख २९ हजार ११४ विद्यार्थीमध्ये ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्। यो कुल सहभागी विद्यार्थीको ६४.६९ प्रतिशत हो।

जीपीएका आधारमा सबैभन्दा धेरै विद्यार्थीले २.४० देखि २.८० सम्मको जीपीए प्राप्त गरेका छन्। उक्त समूहमा ५१ हजार ४३८ विद्यार्थी रहेका छन्।

त्यस्तै, २.८० देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १६ हजार ४६७ रहेको छ भने २.०० देखि २.४० जीपीए प्राप्त गर्ने विद्यार्थी १४ हजार ३६२ जना छन्।

३.२० देखि ३.६० जीपीए ल्याउने विद्यार्थी १ हजार १९५ जना, १.६० देखि २.०० जीपीए ल्याउने ४५ जना र ३.६० देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थी १६ जना रहेका छन्।

बोर्डका अनुसार ०.८० देखि १.२० र १.२० देखि १.६० जीपीए समूहमा भने कुनै विद्यार्थी परेका छैनन्।

बोर्डले नतिजा वेबसाइट, आईभीआर तथा एसएमएस/यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझे विद्यार्थीले तोकिएको समयभित्र अनलाइनमार्फत पुनर्योगका लागि आवेदन दिन सक्नेछन्।

यसैबीच, परीक्षा मर्यादाविपरीत कार्य गरेको आरोपमा केन्द्राध्यक्षको सिफारिसमा ७ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin