१२ भदौ, काठमाडौं । सरकारले जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुरको उद्धारका लागि डेडिकेटेड हेलिकप्टर परिचालन गरेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार अपर त्रिशूली ए जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्यलाई प्राथमिकता दिइएको छ। टनेलभित्र रहेका व्यक्तिको उद्धारलाई थप प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहितको टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
बिहीबार अपर त्रिशूली ए आयोजनाबाट ३५० जनाको उद्धार गरिएको थियो। शुक्रबार सुरुङभित्रबाट थप दुई जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका कारण प्रभावित क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण बनेको प्राधिकरणले जनाएको छ।



