सन् २०२६ विश्वकप फुटबलका लागि ४८ टोलीको अन्तिम सूची टुङ्गियो

काठमाडौँ । सन् २०२६ को विश्वकप फुटबलका लागि सबै ४८ टोलीको छनोट टुङ्गिएको छ। डीआर कंगो र इराकले अन्तिम चरणमा जित निकाल्दै आफ्नो स्थान सुनिश्चित गरेपछि विश्वकपको तयारी पूर्ण भएको हो।

आयोजक र मिति

  • देशहरू: अमेरिका, क्यानडा, मेक्सिको
  • मिति: ११ जुन – १९ जुलाई २०२६
  • खेल हुने सहर: १६ सहर (अमेरिका ११, मेक्सिको ३, क्यानडा २)

नयाँ नियम

  • टोली संख्या ३२ बाट ४८
  • खेल संख्या १०४, अवधि ३९ दिन
  • समूह: १२ समूह, प्रत्येकमा ४ टोली
  • नकआउट चरण: प्रत्येक समूहका शीर्ष २ टोली + उत्कृष्ट तेस्रो स्थानका ८ टोली ‘राउण्ड अफ ३२’

उद्घाटन र फाइनल

  • उद्घाटन: ११ जुन, मेक्सिको vs दक्षिण अफ्रिका, एस्टाडियो एज्तेका
  • फाइनल: १९ जुलाई, मेटलाइफ स्टेडियम, न्यू जर्सी, अमेरिका

मुख्य दावेदार

  • स्पेन: युरोपेली च्याम्पियन, रोड्री र लामिन यमल
  • इङ्ल्यान्ड: थोमस टुचेलको प्रशिक्षण
  • फ्रान्स: एमबाप्पे कप्तान
  • अर्जेन्टिना: मेसीसहित साविक विजेता
  • ब्राजिल: ५ पटक विजेता

प्रभाव पार्न सक्ने टोली

  • नर्वे, जापान, मोरक्को, इजिप्ट

पहिलो पटक विश्वकप खेल्ने देश

  • कुरासाओ, केप भर्डे, उज्बेकिस्तान, जोर्डन

खेलको समय

  • सबै खेल अमेरिकाको समय अनुसार हुने, नेपालमा राति १२ बजेदेखि बिहान ५ बजेसम्म प्रसारण

समूह विभाजन (मुख्य)

  • समूह ‘ए’: मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक गणतन्त्र
  • समूह ‘बी’: क्यानडा, बोस्निया, कतार, स्विट्जरल्याण्ड
  • समूह ‘सी’: ब्राजिल, मोरक्को, हाइटी, स्कटल्याण्ड
  • समूह ‘डी’: अमेरिका, पाराग्वे, अस्ट्रेलिया, टर्की
  • समूह ‘एच’: स्पेन, केप भर्डे, साउदी अरब, उरुग्वे
  • समूह ‘एल’: इङ्ल्यान्ड, क्रोएसिया, घाना, पानामा

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card