इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा ड्रोन हमला गरेको छ। यो हमला अमेरिकाले इरानको खार्ग द्वीपमा गरेको भीषण आक्रमणको तुरुन्तै पछि भएको हो। यूएईका अधिकारीहरूले हवाई प्रतिरोध प्रणालीले नष्ट गरेको ड्रोन खस्दा आगलागी भएको बताएका छन्। फुजाइरा बन्दरगाह ओमानको खाडीमा पर्दछ र यूएईका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यहाँ तेल भण्डारण केन्द्रहरू रहेका छन् र पानीजहाजहरूलाई इन्धन भर्नका लागि पनि यो प्रमुख स्थल हो। अनलाइन फुटेजमा यूएईको पूर्वी तटमा रहेको पूर्वाधार परिसरबाट बाक्लो धुवाँ उठिरहेको देखिएको छ। ड्रोन हमला त्यतिखेर भएको हो जब इरानी रिभोलूशनरी गार्ड्स कोर (आईआरजीसी)ले अमेरिकाले खार्ग द्वीपमा हमला गरेको प्रतिकार स्वरूप यूएईका बन्दरगाह तथा अमेरिकी सैन्य ठेगानाहरूलाई आफ्नो वैध निसाना भएको जनाएको थियो। इरानी सेनाका प्रवक्ता कर्णेल इब्राहिम जुल्फीगरीले यूएईमा रहेका अमेरिकी क्षेप्यास्त्र तथा सैनिक स्थलहरूमा आक्रमण गर्ने इरानको अधिकार रहेको बताएका छन् र सहरहरू खाली गर्न मुस्लिमहरूलाई आह्वान गरेका छन्। यसअघि कतारमा पनि अमेरिकी कम्पनी र व्यापारिक स्थलहरू खाली गर्न आदेश दिइएको थियो। राजधानी दोहा केन्द्रमा अमेरिकी कम्पनीहरूका कार्यालयहरू आसपास मानिसहरूलाई फोनमार्फत सतर्क गराइएको थियो। यो घटना खाडी क्षेत्रमा तनाव बढाउने घटनाको रूपमा लिइएको छ र फुजाइरा बन्दरगाहको महत्त्वले क्षेत्रीय तेल आपूर्ति र अर्थतन्त्रमा असर पार्न सक्ने बताइएको छ।
मध्यपूर्वमा तनावः इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण !

💡 Bichardhara Fact Time
No tags available
सम्बन्धित समाचार
लेखक को बारेमा
admin


