नदी किनारका सुकुम्बासी हटाइँदै, ५ स्थानमा होल्डिङ सेन्टर तयारी

काठमाडौं । नदी किनारामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीको व्यवस्थापनका लागि सरकारले होल्डिङ सेन्टरहरू तयार पारेको छ।

पहिलो चरणमा थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुम्बासी बस्ती हटाउने तयारी गरिएको छ। बस्ती हटाइएपछि प्रभावित परिवारलाई राख्न ५ स्थान छनोट गरिएको जानकारी प्रधानमन्त्री बालेन शाहका प्रेस सल्लाहकार दीपा दाहालले दिएकी छन्।

उनका अनुसार नागार्जुनमा ४२ वटा व्यवस्थित आवास युनिट तयार गरिएको छ भने कीर्तिपुरको सत्सङ भवनमा समेत अस्थायी बसोबासको व्यवस्था गरिएको छ। त्यस्तै, भक्तपुरको बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, खरीपाटी र चाँदबागका सरकारी भवन तथा खाली जग्गामा पनि सुकुम्बासीलाई राखिनेछ।

सरकारले नक्कली सुकुम्बासीलाई कुनै विकल्प नदिने स्पष्ट पारेको छ र त्यस्ता व्यक्तिको विवरण सार्वजनिक गरिने बताइएको छ। साथै, प्रत्येक व्यक्तिको लगत डिजिटल प्रणालीमा राखेर विस्तृत तथ्यांक तयार पार्ने काम पनि अघि बढाइएको छ।

शनिबार बिहानदेखि हटाइएका परिवारलाई तत्काल खानाको व्यवस्था गरिएको छ। पुनर्स्थापनाका लागि छनोट गरिएका स्थानहरूमा पानी, बिजुली र शौचालय जस्ता आधारभूत सुविधा सुनिश्चित गरिएको र सरसफाइ कार्य सम्पन्न भइसकेको जानकारी दिइएको छ।

सरकारले यसअघि निर्माण भएका संरचनालाई नै उपयोग गर्दै सुकुम्बासी व्यवस्थापनलाई व्यवस्थित बनाउने योजना अघि बढाएको जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin