काठमाडौँ, नेपाल — नेपाली सेना ले विभिन्न सैनिक पदका लागि ४ हजार २२५ जना नयाँ कर्मचारी भर्ना गर्न विज्ञापन प्रकाशित गरेको छ।
जंगी अड्डाद्वारा जारी सूचनाअनुसार सेनाका विभिन्न पृतना, गण तथा बाहिनीहरूमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो।
भर्ना प्रक्रियाअन्तर्गत सूचीकार, सफाइकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, सिकर्मी लगायतका पदहरूमा आवेदन खुला गरिएको छ।
विवरणअनुसार उपत्यका पृतना नारायणहिटीका लागि ३०० जना, श्री राजदल गण ललितपुरका लागि १२५ जना, श्री मेहरगण धुलीखेलका लागि १०० जना, तथा सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि २५० जना माग गरिएको छ।
त्यसैगरी विभिन्न अन्य गणहरूमा पनि आवश्यकताअनुसार कर्मचारी भर्ना गरिने जनाइएको छ। सबैभन्दा बढी माग भने सुर्खेतको निमारेस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरका लागि ४०० जनाको रहेको छ।
सेनाले इच्छुक तथा योग्य नेपाली नागरिकलाई तोकिएको मापदण्ड पूरा गरी दरखास्त दिन आग्रह गरेको छ।



