ओली निवास गुण्डुमा प्रहरी परिचालन: पक्राउ गर्ने तयारी 

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च पदस्थ व्यक्तिहरूलाई पक्राउ गर्न गृहमन्त्री सुधन गुरुङले सुरक्षा निकायलाई निर्देशन दिएका छन्। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले प्रतिवेदनका आधारमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ‘हाई अलर्ट’मा राखिएको छ। भक्तपुरको गुण्डुस्थित ओली निवास वरपर नेपाल प्रहरी र काठमाडौँ उपत्यका अपराध महाशाखाको टोलीले निगरानी बढाएको छ।

लिखित पत्रको पर्खाइमा प्रहरी

प्रक्राउ गर्ने विषयमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच मध्यरातसम्म छलफल भए पनि प्रहरीले स्पष्ट कानुनी आधार र लिखित पत्रको माग गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्की र अन्य उच्च अधिकारीहरूले लिखित आदेश आएपछि मात्रै प्रक्रिया अघि बढाउने अडान लिएपछि गृहमन्त्री र गृहसचिवबीच थप परामर्श भएको छ। यसअघि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर सुरक्षा अधिकारीहरूसँग भएको छलफलबारे जानकारी गराउनुभएको थियो।

आयोगको प्रतिवेदनमा पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुवाडी र तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि तत्काल कारबाही गर्न सिफारिस गरिएको छ। सुरक्षाकर्मीको हकमा भने थप अध्ययनका लागि समिति बनाउने निर्णय भए पनि राजनीतिक नेतृत्वमाथि भने तत्कालै एक्सन लिने सरकारी तयारी देखिएको छ। अहिले देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ र थप राजनीतिक घटनाक्रम विकास हुने सम्भावना बढेको छ।

💡 Bichardhara Fact Time

Tags: ,

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin

FB News Card