बीमा सेवामा अनियमितता गरे अस्पताललाई कडा कारबाहीको चेतावनी

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध बिमितहरूलाई औषधि खरिदमा नगद तिर्न बाध्य बनाउने तथा सेवा प्रवाहमा भेदभाव गर्ने स्वास्थ्य संस्थाहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

सोमबार जारी सूचनामा बोर्डले केही सेवा प्रदायक संस्थाहरूले बीमाभित्र समेटिएका औषधि तथा सामग्रीसमेत बाहिरबाट वा आफ्नै फार्मेसीबाट नगदमा खरिद गर्न लगाएको गुनासो बढेको जनाएको छ। यस्तो कार्य स्वास्थ्य बीमा नियमावली, २०७५ विपरीत भएको भन्दै तत्काल सुधार गर्न निर्देशन दिइएको छ।

बोर्डका अनुसार केही अस्पतालहरूले बीमित बिरामीलाई अनावश्यक रूपमा अग्रिम समय लिन बाध्य पार्ने तथा अन्य बिरामीको तुलनामा विभेदपूर्ण व्यवहार गर्ने गरेको पनि पाइएको छ। यस्ता गतिविधि नरोकिए स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्बन्धित स्वास्थ्य संस्थासँग गरिएको सम्झौता नै रद्द गरिने चेतावनी दिइएको छ।

यसैबीच, औषधि तथा सेवाको दररेट सम्बन्धमा पनि बोर्डले स्पष्ट निर्देशन दिएको छ। अस्पतालको आफ्नै दररेट बीमा दरभन्दा कम भएमा सोही न्यून दरमा दाबी गर्नुपर्ने व्यवस्था लागू गरिने बोर्डले जनाएको छ।

💡 Bichardhara Fact Time

No tags available

Share this post: Facebook Twitter LinkedIn WhatsApp Telegram

लेखक को बारेमा

admin